एनसेल आजीयाटाले शुरु गर्‍यो वाइफाइ, टक टाइम र डेटा बन्डल सहितको वायरफ्रीप्लस सेवा

जनपत्र
२३ श्रावण २०७७, शुक्रबार ०६:०१

एनसेलले नेपालमा पहिलोपटक वायरफ्रीप्लस वाइफाइ सेवा शुरु गरेको छ । गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवा शुरु गरेको एनसेल आजीयाटा लिमिटेडले बताएको छ ।

कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’अन्तर्गत मंगलवारदेखि शुरु गरेको हो । वायरफ्रीप्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यावसायिक दुबै प्रयोजनका लागि लक्षित वाइफाइ सेवा भएको कम्पनीको दाबी छ । यो प्रविधिअन्तर्गत उपभोक्ताले बिनातारको प्रयोग डेटा सेवा लिन सक्ने छन् ।

प्लानअनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवाअन्तर्गत ग्राहकले २ ओटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबीदेखि १० जीबी डेटा र मोबिप्लेक्स, हंगामा म्यूजिक, दामी म्यूजिक, प्रभु टिभीलगायत डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, २४ घन्टा उपलब्ध हुने ग्राहकसेवा यस वायरफ्रीप्लस वाइफाइ सेवाको विशेषता भएको कम्पनीको भनाइ छ ।

गत महीनादेखि कम्पनीले यो सेवा लिन ग्राहकबाट प्रि–बुकिङ लिन शुरु गरेको थियो । वायरफ्रीप्लस वाइफाइ सेवा शुरु गरेको अवसरमा आप्mनो उत्साह साट्दै एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच दिने यो एक नयाँ शुरुआत हो र यसमा ग्राहकले बन्डल सेवासहित नयाँ अनुभव लिन सक्छन् ।’

वार्षिक प्लानमा मासिक रू। ६९० को शुल्क रहेको यो सेवाअन्तर्गत इच्छुक ग्राहकले आप्mनो आवश्यकता अनुसारको गोल्ड, प्लाटिनम र डायमन्ड गरी ३ ओटा समूहमा कुनै पनि समूहअन्तर्गतको प्लान लिन सकिने कम्पनीको भनाइ छ । गोल्ड समूहअन्तर्गत ग्राहकले वार्षिक प्लानमा मासिक करबाहेक रू। ६९० मा ६० जीबी वायरफ्रीप्लस डेटा, २०० मिनेट अन नेट टकटाइम र २ ओटा फोरजी सिमकार्डमा प्रत्येकमा मासिक ५ जीबी डेटा प्राप्त गर्ने बताइएको छ ।

त्यस्तै प्लाटिनम समूहअन्तर्गत ग्राहकले मासिक करबाहेक रू। ८६० मा ८५ जीबी वायरफ्रीप्लस डेटा, ५०० मिनेट अन नेट टकटाइम र २ ओटा फोरजी सिमकार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्ने छन् । डायमण्ड समूहअन्तर्गत ग्राहकले मासिक करबाहेक रू। ९५० मा १०० जीबी वायरफ्रीप्लस डेटा, १००० मिनेट अन नेट टकटाइम र २ ओटा फोरजी सिमकार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् ।

ग्राहकले एनसेल आजीयाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु–पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्ने छन् । ४२० दिनको समयसीमा रहेको प्याकेजको हकमा ग्राहकलाई यो शुल्क छूट गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*