हिमालयले दोहाबाट १ सय ५७ जनालाई घर फर्कायो । नेपाल एयरलाइन्सले दमामबाट १ सय ४४ जनालाई काठमाडौं ल्याएको विमानस्थलको तथ्यांक छ ।
मालिन्दो एयरले क्वालालाम्पुरबाट १७८ जनालाई काठमाडौं ल्याएको छ । एयर अरेवियाले सारजहाबाट १६८ नेपालीलाई घर फर्काएको छ । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सले ७६ जना यात्रु बोकेको थियो ।
एयर अरेबियाको दोस्रो उडानबाट बिहीबार नै १ सय ६६ जना यात्रु काठमाडौं आए । बिहीबार नेपाल एयरलाइन्सका दुई जहाज दुबई र रियाद उड्नेछन् । यी जहाज शुक्रबार आउने कार्यक्रम छ ।
शुक्रबार भने विभिन्न गन्तब्यमा कुल १४ उडान/अवतरणको तालीका छ । आन्तरिकतर्फ बिहीबार तारा एयर कार्गो बोकेर लुक्ला गएको छ ।
समिट एयर पनि काठमाडौंबाट रामेछाप पुगेर लुक्ला गएको छ । समिटिको अर्को जहाजले लुक्ला उडान गरेको छ । सिमि्रक हेली चन्द्रगढी उडेको छ ।