सरकारलाई ‘कोदोको लोकल रक्सी’ पठाइयो

जनपत्र
२२ श्रावण २०७७, बिहीबार ०६:०८

स्थानीय स्तरमा उत्पादन हुने कोदोको लोकल रक्सीलाई ब्रान्डेड बनाउनु पर्ने भन्दै संघीय सरकारलाई एक कठुवा रक्सी पठाइएको छ । किरात राई यायोक्खा जिल्ला कार्यसमिति खोटाङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्समक्ष उक्त रक्सी पठाएको हो ।

कोदोको लोकल रक्सीलाई ब्रान्ड बनाउनु पर्ने माग राख्दै किरात राई यायोक्खाले जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलमार्फत एक ज्ञापनपत्रका साथै सरकारलाई उक्त रक्सी पठाएको बताएको छ । स्थानीय स्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध होइन ब्रान्डका रूपमा विकास गर्नु पर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझाउँदै यायोक्खाले घरेलु उद्योगको रूपमा अग्र्यानिक जडीबुटीयुक्त लोकल कोदोको रक्सी उत्पादन गरी महँगो मूल्यमा विदेश निर्यात गर्नु पर्ने व्यवस्था मिलाउनका साथै कानूनी मान्यता प्रदान गर्न सरकारसँग जोडदार माग गरेको किरात राई यायोक्खा खोटाङका अध्यक्ष हात्तिराम राइले बताए । प्रमुख जिल्ला अधिकारी पौडेलले ज्ञापनपत्र बुझ्दै नेपाल सरकारले नयाँ कानून बनाएर कार्यान्वयन गरेको खण्डमा यसलाई कार्यान्वयन गर्न सहज हुने बताए ।अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*