भदौभित्रै टेन्डर निकाल्न सडक विभागको परिपत्र

जनपत्र
२२ श्रावण २०७७, बिहीबार ०६:०५

सडक विभागले भदौ मसान्तसम्ममा टेन्डर ९बोलपत्र० निकालिसक्न मातहतका निकाय महाशाखा तथा डिभिजन सडक कार्यालय र आयोजनाहरूलाई परिपत्र गरेको छ । पूर्वाधार निर्माणको मुख्य सिजनमा पनि टेन्डर निकाल्ने प्रचलन रहेका बेला विभागले चालू आर्थिक वर्ष २०७७र७८ मा साउन र भदौ गरी २ महीनामा टेन्डर निकाल्न र असोज तथा कात्तिकसम्ममा यसको मूल्यांकन सम्पन्न गर्नेगरी निर्माण शुरू गर्ने योजनाअनुसार यस्तो परिपत्र गरेको हो ।

विभागले चालू आवको पहिलो हप्तामै मातहतका निकायहरूलाई निर्देशन दिएको हो । विभागका प्रवक्ता शिवहरि सापकोटाले वर्षायाममा साइटमा काम नहुने र त्यसको केही समयमै चाडपर्व आउने भएकाले यस अवधिमा टेन्डर निकाल्ने र मूल्यांकनको काम सम्पन्न गरी पूर्वाधार निर्माणलाई प्रभावकारी बनाउने लक्ष्य रहेको बताए । वार्षिक रूपमा यही नियम लागू गरिएको भए पनि कतिपय अवस्थामा तोकिएकै अवधिमा टेन्डर नहुने गरेको पनि उनको भनाइ छ ।

अर्थ मन्त्रालयले समेत चालू आर्थिक वर्षको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन सार्वजनिक गर्दै स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजनाको तयारीका चरणहरू पूरा गरी कार्यक्रम÷आयोजनाको चौमासिक विभाजनसहितको वार्षिक खरीद योजना, विस्तृत डिजाइन र लागत अनुमान तयार गरी साउन मसान्तभित्र स्वीकृत गरी बोलपत्र आ≈वानसमेत गरिसक्न र असोज मसान्तभित्र बोलपत्र ९टेन्डर० मूल्यांकन गरी ठेक्का सम्झौता गर्न निर्देशन दिइसकेको छ ।

विभागले ४ महीनासम्म कागजी प्रक्रिया पूरा गरेर मङ्सिरदेखि निर्माण कार्य शुरू गर्ने रणनीति लिएको र यसले वार्षिक लक्ष्य प्राप्त गर्नमा सघाउने अपेक्षा गरेको छ । हाल विभागले मोटरेबल पुलदेखि राष्ट्रिय गौरवका आयोजना हुँदै रणनीतिक तथा राष्ट्रिय राजमार्गसहित पी–वान अर्थात् प्रथम प्राथमिकताप्राप्त ४२ ओटा आयोजनामा काम गर्दै आएको छ ।
बोलपत्र आह्वानमा हुने ढिलासुस्तीले विभागअन्तर्गतका पी–वान आयोजनाहरूको निर्माणमा प्रभाव पारेको छ । गत आर्थिक वर्षमा विभागअन्तर्गतका पी–वान आयोजनाहरूको प्रगति निराशाजनक रह्यो । विभाग मातहतका ४२ ओटा पी–वान आयोजनामध्ये ८० प्रतिशतभन्दा बढी प्रगति गरेकाको संख्या ६ ओटा मात्रै थिए ।

विभागका अनुसार ५० देखि ८० प्रतिशतसम्म प्रगति भएका आयोजनाको संख्या १९ र ५० प्रतिशतभन्दा कम प्रगति भएकाको संख्या १७ छ । त्यस्तै, राष्ट्रिय गौरवका अन्य आयोजनामा पनि उल्लेख्य प्रगति हुन सकेको छैन । सडकसम्बन्धी गौरवका आयोजनादेखि प्राथमिकता प्राप्त आयोजना र पुल निर्माणको लक्ष्य भने भेटाउन विभागले सकेन ।

चालू आर्थिक वर्षमा ठूला तथा बहुवर्षीय ठेक्काहरूभन्दा पनि असार मसान्तसम्ममा सम्पन्न हुने खालका ठेक्काहरूमा मात्रै बढी केन्द्रित हुने विभागले बताएको छ । कोरोना भाइरस नियन्त्रण अझैअनिश्चित भएको भन्दै विभागले यो वर्ष यस्तो रणनीति पनि लिएको छ । अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*