हेटौंडामा कोरोनाको त्रासः चुरीयामाइमा चेकिङमा कडाइ, सैलुन, ब्युटी पार्लर, जिम क्लव वन्द गरिने
हेटौँडा । पछील्लो समय तराइका जिल्लामा कोरोना संक्रमणका विरामी बृद्ध िभएसंगै मकवानपुर प्रसासनले पनि यसमा सजकता अपनाएको छ । तराइबाट मकवानपुर भित्रने प्रमुख नाकामा आजैबाट कडाइ गर्न सुरु गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।
सरकारले तोकेका ढुवानीका सवारीका साधन र पास भएका सवारीका साधनलाइ मात्र हेटौंडा प्रवेश गर्न दिने निर्णय गरिएको उहाँले वताउनुभयो । कोरोना संक्रमणमा बृद्धि भएसँगै मकवानपुरमा आजबाट व्युटी पार्लल, सैलुन, जिम क्लव वन्द गरिने र होटल तथा रेष्टुरेन्टमा भीड हुन नदिने निर्णय गरिएको उहाँले वताउनुभयो । आज हेटौँडामा बसेको कमाण्ड पोष्टको बैठकले यस्तो निर्णय गरेको हो ।
आजको बैठकको निर्णय अनुसार टिसिएन रोडमा रहेको सिता भवन शिल गरिएको छ । ढुवानी साधनमा पनि चालक र सहचालक बाहेक अन्य यात्रुहरु ओसार पसार गर्न दिइएको छैन । पैदल यात्रुहरुलाई पनि मास्क नलगाएको अवस्थामा एक सय जरिवाना गरिने भएको छ ।