एसइईको काम सकियो, तर बोर्ड बैठकमा ढिलाइ
माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९एसइई०को नतिजा प्रकाशनका लागि सबै तयारी सकिए पनि बोर्ड बैठक बोलाउन ढिलाइ भएको छ । कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले आइतबार साँझ नै काम सके पनि मंगलबार साँझसम्म बोर्ड बैठक बोलाइएको छैन ।
‘हामीले काम सकेर आइतबार नै बोर्डलाई जानकारी गराएका छौँ,’ एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘बोर्ड बैठक बस्नु एक घन्टाअघि खबर आएमा सबै सामग्री लिएर जान्छौँ ।’
सरकारको निर्णयअनुसार ०७६ को एसइईको विद्यालयले नै आन्तरिक मूल्यांकन गरेका थिए । सोहीकारण एसइईको महत्व पहिलेजस्तो नभएको बोर्डका अधिकारीको भनाइ छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले भने, ‘बोर्डले प्रमाणीकरणको सूचना मात्र दिने हो, अब केही दिनमै रिजल्ट प्रकाशित गर्छौँ ।’
बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७६ को एसइईमा कुल चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी छन् । कोरोना संक्रमणको जोखिम र विद्यालयसमेत क्वारेन्टाइनका रूपमा प्रयोग भएकाले गत चैतमा हुनुपर्ने एसइई सञ्चालन गर्न नसक्ने निर्णय सरकारले गरेको थियो । विद्यालयले गर्ने आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय पनि सरकारको थियो ।