बागमती प्रदेशका १० प्रहरी कार्यालयमा ४ हजार ५ सय मुद्धा

मकवानपुर जिल्ला प्रहरीमा परेका ८ सय ६६ वटा मुद्धा मध्यमा ५ सय १८ वटा मुद्धाको फच्यौट भएको छ । अव ३ सय ४८ वटा मुद्धा फच्यौट हुन बाँकी रहेका छन् ।
जनपत्र
२० श्रावण २०७७, मंगलवार ०९:०१

हेटौंडा । बितेको एक वर्षको अवधिमा बागमती प्रदेशका १० जिल्लामा ४ हजार ५ सय ८६ वटा मुद्धा दर्ता भएको छ । प्रदेशको काठमाण्डौं उपत्यका भन्दा बाहेकका १० जिल्लामा विभीन्न घटना संग सम्वन्धीत साढे चार हजार भन्दा धेरै मुद्धा दर्ता भएका हुन् ।

दर्ता भएका मध्यमा १० वटा जिल्ला प्रहरी कार्यालयहरुले २ हजार २ सय ५३ वटा मुद्धाको मात्र फच्यौट गर्न सफल भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरिक्षक बसन्त कुमार लामाले वताउनुभयो । अव १० जिल्लाका प्रहरी कार्यालयमा परेका उजुरी मध्यमा २ हजार ३ सय ३३ वटा मुद्धाको फच्यौट हुन बाँकी रहेको छ ।

प्रहरीमा परेका मुद्धाहरु दोसी फेला नपर्नु, अपराधी भाग्नु, आत्म हत्याका मुद्धामा दोसी पत्ता नलाग्नु, भवितव्य भएका मुद्धामा दोसी नदेखेका कारण मुद्धाको कम फच्यौट भएको डीआइजी लामाले वताउनुभयो । कोरोना संक्रमणपछी आत्महत्या र हिंसाका घटना बढेको र समग्र अपराधका घटना कम भएको उहाँले जानकारी दिनुभयो ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयमा परेका ८ सय ६६ वटा मुद्धा मध्यमा ५ सय १८ वटा मुद्धाको फच्यौट भएको छ । अव ३ सय ४८ वटा मुद्धा फच्यौट हुन बाँकी रहेका छन् । त्यसैगरी चितवन प्रहरीमा एक हजार २ सय ६६ वटा मुद्धा मध्यमा ७ सय ४५ वटा मुद्धा फच्यौट भएका छन् । अरु ५ सय १७ वटा मुद्धा फच्यौट हुन बाँकी रहेको छ ।

सिंधुली जिल्लामा ३ सय ३४ वटा मुद्धा एक वर्षको अवधिमा परेका मध्यमा ५४ वटा मुद्धाको मात्र फच्यौट भएको र अव २ सय ८० वटा मुद्धाको फच्यौट हुन बाँकी रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

बितेको आर्थिक वर्षमा रामेछाप जिल्ला प्रहरीमा एक सय ९९ वटा मुद्धा परेका मध्यमा ५४ वटा मुद्धाको फच्यौट भएको छ । अरु १ सय ४५ वटा मुद्धाको फच्यौट हुन बाँकी रहेको छ । दोलखा जिल्ला प्रहरीमा २ सय ४० वटा मुद्धा परेका मध्यमा एक सय २ वटा मुद्धाको फच्यौट भएको छ । अरु एक सय ३२ वटा मुद्धाको फच्यौट हुन बाँकी रहेको छ । त्यसैगरी काभ्रे जिल्ला प्रहरीमा ५ सय ५७ वटा मुद्धा परेका मध्यमा ३ सय १ वटा मुद्धाको फच्यौट भएको छ । अरु २ सय ५६ वटा मुद्धाको फच्यौट हुन बाँकी रहेको छ ।

त्यसैगरी सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयमा ३ सय ६१ वटा मुद्धा परेका मध्यमा एक सय ४९ वटा मुद्धाको फच्यौट भएको छ । अरु २ सय ९२ वटा मुद्धाको फच्यौट हुन बाकी रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । नुवाकोट जिल्ला प्रहरी कार्यालयमा २ सय ५८ वटा मुद्धा परेका मध्यमा ए सय १४ वटा मुद्धाको फच्यौट भएको छ । अरु एक सय ४४ वटा मुद्धाको फच्यौट हुन बाँकी रहेको छ । त्यसैगरी धादिङ जिल्ला प्रहरी कार्यालयमा ४ सय ५७ वटा मुद्धा परेकामा एक सय ९० वटा मुद्धाको फच्यौट भएको छ । अरु २ सय ६७ वटा मुद्धाको फच्यौट हुन बाँकी रहेको छ । रसुवा जिल्ला प्रहरी कार्यालयमा एक वर्षभरी ५२ वटा मुद्धा परेकोमा २६ वटाको फच्यौट भएको छ भने अरु २६ वटाको फच्यौट हुन बाँकी रहेको छ । फच्यौट हुन बाँकी मुद्धा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*