बागमती प्रदेशका १० जिल्लामा सवारी दुर्घटनामा ४३३ जनाको मृत्यु

मकवानपुरमा सवारी दुर्घटनामा ६७ जनाको मृत्यु, चितवनमा सबै भन्दा धेरै एक सय १५ जनाले दुर्घटनामा ज्यान गुमाए ।
जनपत्र
२० श्रावण २०७७, मंगलवार ०८:५३

हेटौंडा । बागमती प्रदेशा १० वटा जिल्लामा सवारी दुर्घटनामा परी ४ सय ३३ जनाको मृत्यु भएको छ । प्रदेशको काठमाण्डौ उपत्यका भन्दा बाहेकका १० जिल्लामा बितेको आर्थिक वर्ष २०७६।०७७ को असार मसान्त सम्ममा सवारी दुर्घटनामा ४ सय भन्दा वढीको ज्यान गएको हो ।

सडकको जिर्ण अवस्था, चालकको लापरबाही, राज्यको कमजोरी, सर्वसाधरणको कमजोरी, ओभरलोड, रुटपरमटि नलिनु, ओभरटेक, लाइसेन्सविना सवारीका साधन चलाउनु, मापसे गरेर सवारी साधन चलाउने लगायतका कारणबाट ४ सय ३३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले जानकारी दिनुभयो । यो एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी २ हजार २१ जना घाइते भएका छन् ।

बितेको आर्थिक वर्षको अवधिमा एक हजार २ सय ४४ वटा दुर्घटना भएको उहाँले वताउनुभयो । सवारी दुर्घटना न्युनिकरणका लागि यातायात व्यावसायी, ट्राफिक प्रहरी लगायतकाले धेरै प्रयास गरेपनि दुर्घटनामा ज्यान गुमाउनेको सख्या भने घट्न सकेको छ्रन । सवारी दुर्घटनामा सवै भन्दा वढी चितवन जिल्लामा एक सय १५ जनाको दुर्घटनामा मृत्यु भएको छ ।

सवारी दुर्घटनामा मकवानपुरमा ६७ जनाको मृत्यु भएको छ । बितेको एक आर्थिक वर्षको अवधिमा दुर्घटनामापरी ६७ जनाको मृत्यु भएको हो । सिन्धुपाल्चोक जिल्लामा ५१ जना, रामेछापमा १४ जना, दोलखामा १५ जना, काभ्रेमा ५९ जना, धादिङमा ५५ जना, नुवाोटमा १२ जना र रसुवामा सबैभन्दा थोरै ३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*