बागमती प्रदेशका प्रमुख सचिब बिकेको उपमहानगरद्वारा स्वागत

जनपत्र
१९ श्रावण २०७७, सोमबार १८:२४

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बिकास निर्माणका काममा प्रदेश र स्थानीय सरकार मिलेर गर्ने वताउनुभएको छ । बागमती प्रदेश सरकारका प्रमुख सचिव मानबहादुर बिकेलाई स्वागत गर्दै मेयर महतले विकास निर्माणका काममा सहकार्य गरेर काम गरिने वताउनुभयो ।

हेटौंडामा सडक निर्माण, पुल, नाली निर्माण लगायतका काममा प्रदेश सरकारको सहयोगबाट सहकार्य गरेमा विकासको कामलाई थस सहज हुने मेयर महतले वताउनुभयो । प्रमुख सचिव बिकेले विकासका काममा तीनै तहका सरकार एक भएमा मात्र सफल हुन सकिने वताउनुभयो । कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, मेयरका राजनीतिक सल्लाहकार नरहरी महत, कार्यालयका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*