पत्रकार महासंघको हेटौंडामा हुने राष्ट्रिय भेलाको तयारीका विषयमा छलफल

जनपत्र
१९ श्रावण २०७७, सोमबार १८:२१

हेटौंडा । नेपाल पत्रकार महासंघको हेटौंडामा यही भदौ २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारीबारे छलफल भएको छ । महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, केन्द्रीय सदस्य कृष्ण गिरी सहितको उपस्थितीमा आज नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको हेटौंडा ११ थानाभर्याङस्थित कार्यालयमा छलफल भएको छ ।

छलफलमा महासंघ बागमती प्रदेश कमिटिका अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष सम्झना कार्की, महासचिव कृष्ण सारु मगर, मकवानपुर शाखा अध्यक्ष हरि हुमागाईं मकवानपुरका शाखाका पूर्व अध्यक्षहरु नवराज शर्मा, राममणि दाहाल, भानुभक्त आचार्य, महासंघ मकवानपुरका पदाधिकारी तथा कार्य समिति सदस्यहरु, प्रेस संगठनका केन्द्रीय सदस्य रामकुमार एलन, शिवकुमार काशी, राजन दाहाल, जिल्ला अध्यक्ष, प्रकाश दाहाल, प्रेस युनियनका जिल्ला उपाध्यक्ष मणिराज गौतम, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय कोषाध्यक्ष तिलक अधिकारी, स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष सुरेश श्रेष्ठ लगायत मकवानपुरका क्रियाशील पत्रकारहरु सहभागि थिए ।

बढ्दो कोरोना त्रासका बीच भेलालाई ब्यवस्थित र सहज ढंगले कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल भएको छ । कोरोनाको जोखिम न्युन रहेका जिल्ला शाखाका अध्यक्षहरुलाई हेटौंडा बोलाउने र बाँकीलाई भर्चुअल मिटिङमा सहभागि गराउने केन्द्रीय अध्यक्ष आचार्यले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*