मकवानपुरगढीका ढकालको मृगौला प्रत्यारोपण गर्न सहयोगको अपिल

जनपत्र
१९ श्रावण २०७७, सोमबार १७:४६

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ सोलीथुम दमार निवासी २८ वर्षिय उदबराज ढकालको मृगौला प्रत्यारोपण गर्नका लागि आर्थिक समस्या भएको छ ।

विगत ८ वर्षदेखि मृगौलारोगबाट पीडित वन्नु भएका ढकालको दुवै मृगौलाले काम नगर्ने भएपछी प्रत्यारोपण गर्नका लागि आर्थिक समस्या भएको हो । दुवै मृगौलामा समस्या आएपछी आठ वर्ष अगाडी देखि औषधि खाँदै आएपनि विगत ६ महिना अगाडी देखि भने हेटौंडाको चुरेहिल अस्पतालमा डाइलासिस गर्दै आउनुभएको छ ।

मृगौला प्रत्यारोपण गर्नका लागि रकमको समस्या भएको उहाँका बाबु गुणनिधी ढकालले वताउनुभयो । सानै उमेरमा दुवै मृगौला फेल भएकाले उपचार गर्दा गर्दै अहिले सम्म ८ वर्षको अवधिमा ३२ लाख रुपैयाँ सकिएको र अव प्रत्यारोपण गर्नका लागि आर्थिक समस्या भएको उहाँले वताउनुभयो । अहिले उदबराजले हप्तामा दुइपटक मृगौलाको डाइलासिस गर्दै आउनुभएको छ ।

एउटा मृगौला दिनका लागि आफन्त तयार रहेको र प्रतयारोपण गर्नका लागि समस्या भएको विरामीका बाबु ढकालले वताउनुभयो । प्रत्यारोपण गर्न सकेमा हप्तामा दुइपटक डाइलासिस गर्नुपर्ने समस्या नहुने र बिरामीलाई पनि सहज हुन्छ । सामान्य खेति किसानी गर्दै आएका ढकाल परिवारलाई मृगौला प्रत्यारोपण गर्नका लागि समस्या छ । सहयोगका लागि अपेक्षा गरिएको ढकालले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*