बग्गीखानाका दुई सयभन्दा बढी ट्राफिक प्रहरी क्वरेण्टीनमा

जनपत्र
१८ श्रावण २०७७, आईतवार १०:०७

काठमाण्डौ – दुई जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि काठमाण्डौ रामशाहपथमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई सयभन्दा धेरै ट्राफिक प्रहरी क्वरेण्टीनमा बसेका छन् ।

शुक्रबार महाशाखाका दुई जना ट्राफिक प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित दुई सय जना महाशाखाभित्रै क्वरेण्टीनमा बसेका हुन् ।

महाशाखाका प्रवक्ता वामदेव गौतमले सहकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर भित्रै बसिएको जानकारी दिनुभयो ।

अहिले उनीहरुको सबैको कोरोना परीक्षणको लागि नामावली टिप्ने काम भइरहेको र नामावली टिप्ने काम सकिएपछि कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्ने तयारी भएको छ ।

उनीहरुको रिपोर्ट नआएसम्म बग्गीखानाबाट हुने सबै काम स्थगित गरिएको छ । शुक्रबार सङ्क्रमण पुष्टि भएका दुई जनालाई भने बलम्बुमा रहेको सशस्त्र प्रहरीको कोभिड अस्पतालमा भर्ना गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*