श्रम कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेलमाथि कर्मचारीद्वारा हातपात

जनपत्र
१८ श्रावण २०७७, आईतवार ०६:०२

श्रम रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई कार्यालयकै कर्मचारीले हातपात गरेका छन् । ड्युटीको विषयमा कुरा नमिल्दा दुई जना महिला कर्मचारीले बिहान ११ बजेतिर कार्यकक्षमै उपसचिव सञ्जेललाई हातपात गरेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुई महिला कार्यालय सहयोगीको पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ । दुवै पक्षलाई बोलाएर छलफल भइरहेको मोरङ प्रहरीको भनाइ छ । आफूमाथि २ जनाले कुटपिट गरेको भन्दै उपसचिव सञ्जेलले प्रहरीलाई बोलाएपछि तत्कालै प्रहरी श्रम कार्यालय पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*