हेटौंडाको हटियामा आइसीटी ल्याब उद्घाटन्, २० जना शिक्षकलाई ल्यापटप वितरण

जनपत्र
१७ श्रावण २०७७, शनिबार १४:०३

हेटौंडा । हेटौंडा–१७ हटियामा रहेको बालबोध माध्यमिक विद्यालयमा आइसीटी ल्यावको उद्घाटन गरिएको छ । शिक्षकलाई ल्यापटप वितरणसंगै शैक्षिक गुणस्तर सुधार गर्नका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । आइसीटी ल्याबको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन् गर्नुभयो ।

उहाँले विद्यालयका २० जना शिक्षकलाई ल्यापटप वितरण गर्दै अहिलेको युग प्रविधिको युग भएकाले यसतर्फ सबै लाग्नुपर्ने वताउनुभयो । प्रविधिका माध्यमले अध्यापन गराउँदा शिक्षक र बिद्यार्थी दुवैको क्षमतामा विस्तार हुने वताउनुभयो । अब परमपरागत तरिकाले मन्दा पनि प्रबिधिका माध्यमले विद्यार्थीलाई सिकाउँदा छिटो सिक्ने र शैक्षिक गुणस्तर पनि सुधार हुने मेयर महतले वताउनुभयो ।

नेपाल दुरसंचार प्राधिकरणको सहयोगमा २४ वटा कम्युटर राखिएको छ भने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा २० जना शिक्षकलाई ल्यापटप वितरण गरिएको हो । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष कमलबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १७ का वडाअध्यक्ष भैरवबहादुर राइ, उपमहानगरपालिका कार्यपालिकाका सदस्य शंकर बहादुर राई, उपमहानगरपालिका मेयर महतका राजनीतिक सल्लाहकार नरहरी महत, बकैया गाउँपालिकाका विद्यालय निरीक्षक आइतराम तामाङ लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*