आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने
काठमाण्डौ – आज पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
महाशाखाका मौसमविद् समिर श्रेष्ठकाअनुसार आज प्रदेश १, २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको पानी पर्नेछ ।
तर लगातारको झरी भने कतै पनि नहुने उहाँले जानकारी दिनुभयो । पर्सिसम्म हिजोअस्तिकोभन्दा थोरै पानी परे पनि मंगलबार र बुधबार भने केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार प्रदेश ४ र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने संभावना छ । मंगलबार र बुधबार विशेषगरी कैलाली, कन्चनपुर आसपासका जिल्लामा ठूलो पानी पर्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन उहाँको सुझाव छ ।