पर्सामा शव व्यवस्थापन गर्ने विषयमा झडप हुँदा प्रहरीद्वारा ६ राउण्ड हवाई फायर

जनपत्र
१७ श्रावण २०७७, शनिबार ०६:०३

शव गाड्ने विषयमा पर्सामा शुक्रबार राति स्थानीय र प्रहरीबीच झडप भएको छ। वीरगन्जको अस्थायी कोभिड अस्पतालमा बिहीबार मृत्यु भएका व्यक्तिको शव दाहसंस्कार गर्न गएको नेपाली सेनाको टोलीलाई स्थानीयले ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको थियो।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले हवाई फायर तथा अश्रु ग्यास प्रहार गरेको पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता मन्जित कुँवरले जानकारी दिए। उपचारका क्रममा मृत्यु भएका जगदम्बा इन्टरप्राइजेजका सीईओ ५६ वर्षीय मेवाराम शर्मा, वीरगन्ज १६ नगवाका ३५ वर्षीय मुन्नाकुमार कानु र घरमै मृत्युपछि कोरोना संक्रमण पुष्टि भएका छपकैया २ का नवलकुमार पाण्डेको शव व्यवस्थापन गर्न पर्सा राष्ट्रिय निकुञ्जको सात किलोमिटरभित्र
लैजानुअगाडि मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो।

जंगलमा शव गाड्न लैजान अवरोध गरेपछि हवाई फायर गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए। स्थिति नियन्त्रणमा आइसकेको र नेपाली सेनाले शव गाड्न लगिसकेको घटनास्थलबाट प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*