मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति जोशीको हेटौंडामा सपथ
हेटौंडा । बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको आज नियुक्ती संगै सपथग्रहण गरिएको छ । डाक्टर जोशीलाई बागमती प्रदेशका मुख्यमन्त्री तथा कुलपति डोरमणि पौडेलले पद तथा गोपनियताको सपथग्रहण गराउनुभयो ।
प्रदेशको सामाजिक विकास मनत्रालयको आयोजनामा उपकुलपतिको सपथग्रहण तथा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ । प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले उहाँलाई नियुक्ती दिनुभयो ।
सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेर प्रदेश सरकारले उल्लेखनीय कार्य गरेको दावी गर्नुभयो । प्रतिष्ठानको कार्य अव तिव्रगतिमा अघि वढने समेत वताउनुभयो । उहाँले उपकुलपतिको योग्यता र क्षमता हेरेर प्रदेशमा ल्याएको जानकारी दिनुभयो । बागमति प्रदेशमा अरु प्रदेशमा भन्दा सबै हिसावले उत्कृष्ट रहेको र महत्वपुर्ण काम गर्दा मकवानपुरको लागि मात्रै नभई प्रदेशको लागि नै गरेको मुख्यमन्त्री पौडेलले वताउनुभयो ।
हेटौंडा अस्पताल अव ३ सय वेडका हुने जानकारी दिदै मुख्यमन्त्री पौडेलले प्रदेशका १३ वटै जिल्लामा रहेका अस्पताललाई प्रतिष्ठान भित्र ल्याउने वताउनुभयो । प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको अध्यक्षतामा संचालित कार्यक्रममा नवनियुक्त उपकुलपति डा. विश्वराज जोशीले प्रतिष्ठानका वारेमा अवधारणापत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा जोशीले आफुले पाएको जिम्मेवारी अनुसार काम गरेर देखाउने वताउनुभयो ।
कार्यक्रममा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रियसभाका सदस्य रामचन्द्र राइ, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा, नेपाली काँग्रेसका सभापति एव प्रतिपक्ष दलका नेता ईन्द्र बहादुर बाँनिया, प्रदेशका प्रमुख सचिव डाक्टर मानबहादुर विके, प्रदेशसभाका सदस्यहरु, बिभीन्न मन्त्रालयका सचिब तथा प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यन्यायधिवक्ता ओम प्रकास थपलीयाले जननेता मदन कुमार भण्डारीको नाममा स्थापना गरिएको प्रतिष्ठानले स्वास्थ्यको क्षेत्रमा काम गर्ने वताउनुभयो । कार्यक्रममा सहजीकरण गर्दै उहाँले आम नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरिय सेवा दिने वताउनुभयो ।
वाग्मती प्रदेशको वुधवार वसेको मन्त्री परिषदको वैठकले डा. जोशीलाई ४ बर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको थियो । यस अघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साईन्सको रजिस्ट्रार, वीर अस्पतालमा नै युरोलोजिष्ट प्रमुख समेत रहेका जोशीले सन १९७४ मा एमडी र १९८३ मा डाक्टर उपाधी हासिल गर्नुभएको थियो ।