उच्च अदालत पाटन हेटौंडा इजलासद्वारा ६२ प्रतिशत मुद्धाको फैसला

जनपत्र
१६ श्रावण २०७७, शुक्रबार ०७:३१

हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासले बितेको आर्थिक वर्ष २०७६–०७७ मा ६१ दशमलव ९४ प्रतिशत मुद्धाको फैसला गरेको छ । लामो समयको लकडाउनका बीच पनि ६१ द्यशमलव ९४ प्रतिशत मुद्धाको फैसला गरेको हो ।

बितेको एक वर्षको अवधिमा ६ सय ६४ वटा मुद्धाको फैसला गरिएको अदालतका रजिष्टार विकास श्रेष्ठले जानकारी दिनुभयो । अदालतमा दर्ता भएका एक हजार ७२ वटा मुद्धा मध्यमा अव चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएका मुद्धा ४ सय ८ वटा मात्र रहेको उहाँले वताउनुभयो ।

बितेको आर्थिक वर्षमा २ सय ८१ वटा मुद्धाको जिम्मेवारी सरेर आएका थिए । नयाँ दर्ता भने ७ सय ९१ वटा परेका छन् । उच्च अदालत पाटन हेटौंडा इजलासले बार्षिक ९ सय ३९ वटा मुद्धाको फैसला गर्ने लक्ष राखेको भएपनि ६ सय ६४ वटा मुद्धाको फैसला मात्र गर्न सफल भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*