जिससद्धारा प्रमुख सचिवकाे स्वागत तथा शसस्त्र प्रहरी उपरिक्षककाे विदाई

जनपत्र
१५ श्रावण २०७७, बिहीबार १८:३१

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बिहीबार बागमती प्रदेशका प्रमुख सचिवलाई स्वागत गरेको छ । कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर भर्खरै सरुवा भएर आउनुभएका बागमती प्रदेशका प्रमुख सचिव डाक्टर मान बहादुर विकलाई स्वागत गरेको हो ।

कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनीलगायत सम्पुर्ण कर्मचारीहरुले प्रमुख सचिव विकलाई स्वागत गर्नुभएको हो । कार्यक्रममा जिसस प्रमुख खुलालले प्रमुख सिचवबाट तथा बागमती प्रदेश सरकारबाट सक्दो सहयोगको अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा प्रमुख सचिव विकले जिससलाई भुमिका दिनुपर्नेमा आफु सकारात्मक रहेको बताउनुभयो ।

त्यस्तै जिसस परिवारले सरुवा भएर जान लाग्नुभएका शसस्त्र प्रहरी बल १४ नम्बर गणका शसस्त्र प्रहरी उपरिक्षक विकास घिमिरेलाई विदाई गरेको छ । जिसस परिवारले करीब एक वर्ष मकवानपुरमा रहेर काम गर्नुभएर काठमान्डौं सरुवा भएर जान लाग्नुभएका शसस्त्र प्रहरी उपरिक्षक घिमिरेलाई मायाको चिनोसहित विदाई गरेको हो । विदाई कार्यक्रममा बोल्दै जिसस प्रमुख खुलालले मकवानपुर रहँदा गर्नुभएको समन्वय र सहकार्यलाई निरन्तरता दिन सुझाव दिनुभएको छ ।

उहाँले मकवानपुरमा पु¥याउनु भएको सहयोगको लागि धन्यवाद समेत व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी उपरिक्षक घिमिरेले मकवानपुर जिल्लामा रहेर धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभयो । उहाँले आफुले सिकेका कुराहरुलाई अन्य जिल्लामा गएर पनि व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले बिषेश गरि जिल्ला समन्वय समितिबाट धेरैकुरा सिक्ने अवसर पाएको भन्दै प्रमुख खुलालाई धन्यवाद समेत दिनुभयो । उहाँले समन्वय र सहजिकरणको क्षेत्रमा अन्य जिल्लाले पनि जिसस मकवानपुरबाट धेरै कुरा सिक्न सक्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सम्न्वय अधिकारी आनन्दराज पोख्रेल लगायत अन्य कर्मचारीहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*