आफै पक्राउ परिने डरले मकवानपुर प्रहरीद्वारा घुस दिने चालक नियन्त्रणमा
हेटौंडा । मकवानपुर प्रहरीद्वारा घुस रकम दिने चालक नियन्त्रणमा लिएन्त्रण लिने अभियान सुरु गरेको छ । आज पनि चारजना चालकलाई नियनत्रणमा लिइएको हो । सवारी चालकसंग घुस रकम लिएको आधारमा घटना स्थलबाटै प्रदेश प्रहरीले प्रहरी कार्यालय हेटौंडाले प्रहरीलाइनै पक्राउ गर्न थालेपछी अहिलेभने घुस रकम बुझाउन आएमा चालक पक्राउ गर्न थालिएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख डिआइजी बसन्तकुमार लामाले घुस रकम लिने प्रहरीलाई पक्राउ गरेर निलम्वन गर्न थालेपछी पहिले घुस रकम लिने गरेको भएपनि अहिले भने घुस रकम दिन आएमा उनीहरुलाई नियन्त्रणमा लिने गरिएको हो । मकवानपुर प्रहरीले आज प्रहरीलाई नै घुस दिन खोज्ने ४ जनालाई पक्राउ गरेको छ ।
आज हेटौंडा छिर्ने नाकाहरु रातोमाटेमा एक जना र नेवारीपानीमा ३ जनालाई पक्राउ गरेको हो । यसअघि घुस रकम दिन आएको भनेर प्रहरीले पक्राउ गरेकै थिएन । तर, अहिले प्रदेश प्रहरी कार्यालयले अनियमितता गर्ने प्रहरीलाई पक्राउ गर्न थालेपछी जिल्ला प्रहरीले पनि घुस दिन आउनेलाई पक्राउ गर्न थालेको हो ।
आज पक्राउ पर्नेहरुमा ना ७ ख ६२२४ नंम्बर आईचर ट्रकको चालक पर्सा जिल्ला विरगंजका ३३ वर्षिय को नसुरदिन अन्सारी, ना ४ च ८३९४नम्बर को पिकअप गाडीको चालक । बारा जितपुर सिमराका १ को गुलाम अन्सारी यस्तै ना ६ ख ५६३६ नम्बर को ट्रकको चालक सिमराकै ३४ वर्षिय लाल अन्सारी र ना ६ ख ९४७ नंम्बर को ट्रकको चालक सर्लाही बरहथवा ९ मुर्तिया बस्ने बर्ष २३ को अरूण महतो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले वताउनुभयो ।