बागमतीका डीआइजी लामाको अभियानः अनियमितता गर्ने २५ जना प्रहरी कार्बाहीमा
हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आफ्ना नियमित कामसंगै ड्युटीमा खटिएका प्रहरीको व्यावहारमा सुधार ल्याउने काम सुरु गरेको छ । बिशेषगरी प्रदेश प्रहरी कार्यालयको प्रमुखको रुपमा प्रहरी नायब महानिरिक्षक बसन्त कुमार लामा आइसक्नु भएपछी प्रदेशका १० जिल्लाका प्रहरीमा सुधार ल्याउन सुरु गर्नुभएको हो ।
प्रदेशभरका राम्रो काम गर्ने प्रहरीलाई हरेक महिना पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई कार्बाही गर्ने अभियान सुरु गरिएको डीआइजी लामाले वताउनुभयो । उहाँ आएपछी घुस रकम सहित पाँच जना प्रहरीलाई नियन्त्रणमा लिएर निलम्वन समेत गरिएको छ ।
प्रदेशका चितवन र मकवानपुरका प्रहरी वढी निलम्वनमा परेका छन् । प्रदेशका विभीन्न जिल्लाका २५ जना प्रहरीलाई सरुवा, जिम्मेवारी विहीन समेत वनाइएको उहाँले वताउनुभयो । प्रहरीले आफ्ना व्यावहारलाई सुधार नगरेमा कार्बाहीको प्रकृया अगाडी वढाइएको छ । एउटै इलाका प्रहरी, प्रहरीचौकी र जिल्ला प्रहरीमा एउटै फाँटमा लामो समयदेखि काम गरेकालाई पनि आन्तरिक सरुवा गर्ने काम गरिएको छ ।
प्रदेशमा हरेक महिना राम्रो काम गर्ने प्रहरी पुरस्कत हुने
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत गर्ने अभियान अगाडी सारेको छ । प्रदेश प्रहरी कार्यालय मातहतका १० जिल्लाबाट, दंगा नियन्त्रण गढ, ट्राफिक प्रहरी समेतगरी १५ जना छनौट गरेर त्यस मध्यमा एक जना उत्कृष्ट प्रहरी छनौट गरेर प्रत्यक महिना पुरस्कृत गर्न लागिएकोे डिआइजी लामाले वताउनुभयो ।
जिल्लाबाट छनौट भएका एक एक जनालाई जिल्ला प्रहरी आफैले पुरस्कृत गर्नेछन् । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने र नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने अभियानले सवैको मनोवल उच्च राखेर काम गर्न सहज हुने उहाँले वताउनुभयो ।