पहिरोमा पुरिएर तीन बालबालिकाको मृत्यु

जनपत्र
१४ श्रावण २०७७, बुधबार ०६:४६

सोमबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिँदा बागलुङमा तीन जनाको मृत्यु भएको छ । तमानखोला गाउँपालिका–२ खोलेसबाङको पहिरोमा १३ र १२ वर्षका २ बालबाबालिकाले ज्यान गुमाए भने जिल्लाको निसिखोला गाउँपालिका–१ मा पहिरोले पुरिएर ५ वर्षीय बालकको मृत्यु भएको छ ।

तमानखोलामा गएको पहिरोले पुरिएर स्थानीय पानबहादुर विकका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भयो भने श्रीमती होमकुमारी विक गम्भीर घाइते हुनुभएको छ । त्यसै गरी निसिखोलामा गएको पहिरोमा स्थानीय कमल परियारका ५ वर्षीय छोरा समीर परियारको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*