बागलुङको निसीखोला र तमानखोलामा पहिरो : तीन जनाको मृत्यु

जनपत्र
१३ श्रावण २०७७, मंगलवार ०८:११

बागलुङ — लगातारको वर्षापछि खसेको पहिरोले पुरिएर बागलुङको तमानखोला र निसीखोला गाउँपालिकामा ३ जना बालबालिकाको मृत्यु भएको छ ।

मंगलबार बिहान ३ बजेतिर खसेको पहिरोले तमानखोला गाउँपालिका वडा नम्बर २ खोलेसोबाङका पानबहादुर विकको घर पुरिँदा उनकी १२ वर्षीया छोरी रीता र १३ वर्षीय छोरा खिमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । दुई बालबालिकासँगै सुतेकी आमा ३४ वर्षीय होमकुमारी विक भने घाइते भएकी छिन् ।

त्यस्तै सोमबार राति निसीखोला गाउँपालिका वडा नम्बर १ मा एक कमल परियारको घर पुरिँदा ५ वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ । छोरी र श्रीमतीले भागेर ज्यान बचाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*