कम्युनिष्ट आन्दोलनको विजारोपण पुस्पलालबाट सुरु भयो–सांसद खतिवडा
हेटौंडा । पुस्पलाल मित्रता केन्द्र केन्द्रीय कमिटि द्वारा आयोजित मकवानपुर जिल्ला भेला कार्यक्रम आज हेटौंडामा भएको छ । भेलाको उद्घाटन् गर्दै मकवानपुर क्षेत्र नम्बर २ का सांसद तथा नेकपाका केन्द्रीय सदस्य विरोध खतिवडाले कम्युनिष्ट पार्टीको आन्दोलनको विजारोपण पुस्पलालले गरेको वताउनुभयो ।
कम्युनिष्ट पार्टी जुट्ने र फुट्ने काम निरन्तर भएकाले अहिले जुटेर कम्युनिष्टका पाँच वटा मात्र पार्टी रहेको वताउनुभयो । जसले नीति वनायो उसैले नेतृत्व गर्न नसक्ने समस्याले गर्दा थप समस्या श्रृजना भएको मित्रता केन्द्रका केन्द्रीय सचिवालय समेत रहनुभएका खतिवडाले वताउनुभयो । यो संस्था पार्टी र सरकारको केन्द्र नभएको स्पस्ट पार्दै उहाँले भन्नुभयो–‘यसले बैचारिक बहस चलाउने काम गर्छ । अन्तीम सत्य भनेको पार्टी हो ।’
अहिलेको समयमा को राष्ट्रबादी को राष्ट्रघाती भन्ने नभएको वताउनुभयो । पार्टीको साथ पाएर मात्र सरकारले राम्रा काम गर्न सकेको वताउनुभयो । कार्यक्रममा नेकपा मकवानपुरका अध्यक्ष तथा प्रदेशसभा सदस्य मुनु सिग्देलले पार्टीलाई समाजबादमा कसरी पुर्याउन सकिन्छ भन्नेकुरा बुझ्न जरुरी रहेको वताउनुभयो ।
पार्टीका सचिव तथा प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामीले पार्टीलाई राम्रो र थप वलियो वनाउनका लागि यो पहिरो कार्यक्रम रहेको वताउनुभयो । केन्द्रका रौतहट अध्यक्ष लक्ष्मण रेग्मी, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, नेकपा मकवानपुरका नेता श्रीधर पोख्रेल, संबिधानसभाका सदस्य राजाराम स्याङतान, पुस्पलाल मित्रता केन्द्र केन्द्रीय कमिटिका सदस्य रामकुमार एलन लगायतकाको आतिथ्यता रहेको थियो ।
भेलाले मदनकुमार दाहालको अध्यक्षतामा ३३ सदस्य पुस्पलाल मित्रता केन्द्र जिल्ला कमिटी मकवानपुरको गठन गरिएको छ । उपाध्यक्षमा तेजप्रसाद रुपमाखेती, श्रीजना थिङ, सचिवमा कमानसिंह पाख्रीन, उपसचिबमा इश्वर ढुंगाना, कोषाध्यक्षमा प्रकाश पाण्डे लगायतका चयन हुनुभएको छ ।