हेटौंडाको दिव्य सेवा आश्रममा पाथीभरा गोल्डको बृक्षारोपण

जनपत्र
१२ श्रावण २०७७, सोमबार ०६:५३

हेटौंडा । लायन्स क्लव अफ हेटौंडा पाथीभरा गोल्डले हेटौंडा १५ स्थित दिव्य सेवा निकेतन आश्रममा फलफुलको विरुवा बृक्षारोपण गरेको छ । क्लबले मेवा, एभोकाडो, कागती, अनार, अम्बा, कुरिलो लगायत ५६ वटा विरुवा रोपेको हो ।

हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्य तथा लायन्स क्लव अफ हेटौंडा पाथीभरा गोल्डकी अध्यक्ष रश्मी बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा लायन्स क्लवका एरिया को–चिफ मनु लामा, रिजन चेयरपर्सन बिष्णुहरी पण्डित, लायन्स क्लब अफ मकवानपुर बसामाडीका अध्यक्ष श्याम तिब्रेवाल, दिव्य सेवा निकेतन आश्रमका केन्द्रीय अध्यक्ष टीएन निरौला लगाएतको आतिथ्य रहेको थियो ।

क्लबकी पुर्व अध्यक्ष माधवी बोसले आफ्नी आमाको स्मृतीमा आश्रयस्थलमा रहेकालाई विहानको खाजा खुवाउनुभएको कार्यक्रम संयोजक सविना थापाले बताईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*