होम क्वरेण्टीनमा बस्नेले के गर्ने ?
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश वा कोरोना सङ्क्रमण भएको ठाउँबाट घर फर्किनेहरुले आफ्नै घरको क्वरेण्टीनमा बस्न सक्ने तर सावधानी अपनाउनुपर्ने बताएको छ ।
होम क्वरेण्टीनमा बस्दा के गर्ने त ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. गौतम भन्नुहुन्छ–
– सकेसम्म छुट्टै कोठामा बस्ने, छुट्टै कोठामा बस्न सम्भव नभएमा अरु व्यक्तिबाट कम्तीमा दुई मिटर टाढा बस्ने
– स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्था जाने समयबाहेक अरु बेला घरबाट बाहिर ननिस्कने
– स्वास्थ्य संस्था जाँदा सार्वजनिक यातायातको प्रयोग नगर्ने
– स्वास्थ्य संस्था जाँदा वा घरमा बस्दा अनिवार्य मास्ककाे प्रयोग गर्ने
– आफूले खाना खाने भाँडा तथा प्रयोग गर्ने रुमाल, मन्जन, ब्रुसलगायत सामान अरुको पहुँचमा नपुर्याउने, ती सामान आफैले धुने वा माझ्ने
– बेलाबेलामा हात धुने वा स्यानिटाइजरकाे प्रयोग गर्ने
– हातले नाक, मुख र आँखामा नछुने
– खोक्दा, हाच्छिउँ गर्दा टिस्यु पेपर वा रुमालले अनुहार छोप्ने र त्यसलाई छुट्टै व्यवस्थापन गर्ने वा धुने र तत्कालै हात धुने
– रुमाल, कपडा आफैले धोएर घाममा सुकाएपछि मात्र फेरि प्रयोग गर्ने
– छुट्टै शौचालय प्रयोग गर्ने, यदि छैन भने प्रयोग गरेपछि आफैले सङ्क्रमण हटाउने पदार्थको प्रयोग गरी सरसफाइ गर्ने
– जथाभाबी नथुक्ने
– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन कडाइका साथ पालना गर्ने
– हरेक दिन शरीरको तापक्रम नाप्ने र मितिअनुसार टिपेर राख्ने
– घरपरिवारका सदस्यले चाहिँ क्वरेण्टीनमा बस्न सहयोग गर्ने र नियम पालना गरे नगरेको सुनिश्चित गर्ने