आज र भोलि थोरै पानी पर्ने, सोमबार रातिदेखि मनसुन सक्रिय हुने

जनपत्र
११ श्रावण २०७७, आईतवार ०६:१३

पर्सि रातिदेखि मनसुन फेरि सक्रिय हुने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । आज र भोलि थोरै पानी परेपनि पर्सि सोमबार रातिदेखि फेरि देशका विभिन्न ठाउँमा ठूलो पानी परेर बाढी र पहिरोको जोखिम रहेको भन्दै पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका हुन्।

मौसमविद् मन्जु बासीकाअनुसार सोमबार रातिदेखि मनसुनी न्यूनचापीय क्षेत्र नेपाल नजिकै आउने देखिएको छ । मनसुनी न्यूनचापीय क्षेत्र नेपालको दक्षिणी भेगमा रहेकाले कम पानी परेको हो।

आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो । यस्तै वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा मेघगर्जन, चट्याङसहित ठूलो पानी पर्ने संभावना रहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*