कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४५ पुग्यो
जनपत्र
१० श्रावण २०७७, शनिबार १९:२७
काठमाण्डाै – नेपालमा कोरोना भाइरसबाट थप एक जनाको ज्यान गएको छ ।
वीरगञ्जको नारायणी कोरोना विषेश अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएनुभएकी १७ वर्षीया किशोरीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाराकी ती किशोरीको हिजो निधन भएको हो भने हिजो नै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ ।