नेपालमा कोरोना सङ्क्रमितमा लक्षण देखिने क्रम बढ्यो
काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितमा लक्षण देखिने क्रम बढेको छ । यस अघि सङ्क्रमितमध्ये ९८ प्रतिशतमा लक्षणै नदेखिएकोमा नयाँ सङ्क्रमितमा लक्षण देखिने क्रम बढेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो ।
कतिपय बिरामीलाई आइसीयूमै राख्नुपरेको छ । पछिल्लाे समय देखिएका सङ्क्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका कार्यकारी निर्देशक पाण्डेले बताउनुभयो ।