सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने २ जना पक्राउ

जनपत्र
९ श्रावण २०७७, शुक्रबार ०६:०३

काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद छन्। उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले बिहीबार राति ११ बजे पक्राउ गरेको हो।

ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ ७।५५बजे एसिड प्रहार भएको थियो। युवतीको हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*