फेरि सर्यो महासंघको चुनाव मिति
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४औं साधारणसभा र नयाँ नेतृत्वको चुनावको मिति पुनः सरेको छ । बिहीवार महासंघ पदाधिकारी तथा पूर्वअध्यक्षहरूसहितको बैठकले यसअघि साउन २६र२७ का लागि तय गरिएको साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।
निर्धारित साउन २६र२७ गतेको वार्षिक साधारणसभा सरकारले सभासम्मेलन गर्ने स्वीकृति दिएको १५ दिनभित्र आयोजना गर्ने निर्णय भएको महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ । पछिल्लो निर्णयसँगै महासंघको नयाँ नेतृत्व चयनको निर्वाचन अनिश्चित देखिएको छ । सरकारको पछिल्लो मन्त्रिपरिषद्को निर्णयले अर्को निर्णय नभएसम्मका लागि कुनै प्रकारको सभासम्मेलन गर्न प्रतिबन्ध लगाएकाले यसअघि तोकिएको मितिमा साधारणसभा नहुने महासंघले जानकारी दिएको छ ।
सरकारले मंगलवार मध्यरातबाट बन्दाबन्दीको अन्त्य गरे पनि सभारसम्मेलनमा अझै प्रतिबन्ध लगाएको छ । सभामाथिको प्रतिबन्ध यथावत् रहेपछि महासंघले चुनावको मितिबारे छलफल गर्न पूर्वअध्यक्षहरूसहित पदाधिकारी बैठक बिहीवार बोलाएको थियो । पदाधिकारी बैठकमा अधिकांशले कोरोना सक्रमणको जोखिम तथा बाढीपहिरोको अवस्थाका कारण तत्काल साधारणसभा गर्ने वातावरण नभएको बताएका थिए ।
बन्दाबन्दी खुले पनि देशभरका हजार उद्यमी÷व्यवसायीलाई एकै ठाउँमा जम्मा गर्दा सुरक्षा जोखिम हुने डरले तत्कालका लागि चुनाव स्थगित गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । सभासम्मेलन माथिको प्रतिबन्ध पुनः थपिए फेरि पदाधिकारी बैठक बसी वैकल्पिक बाटो खोजिने निर्णयसमेत भएको गोल्छाले बताए । महासंघको पछिल्लो निर्णयविरुद्ध उपाध्यक्ष ढकाल, पूर्वअध्यक्ष चण्डीराज ढकालले असहमति व्यक्त गरेका छन् । ढकाल पक्षले साधारणसभाको अनुमतिका लागि सरकारलाई लेखेको पत्रको जवाफ नआउँदै महासंघले चुनावको मिति सारेको आरोप लगाएको छ ।
साधारणसभासँगै वर्तमान अध्यक्ष भवानी राणाको कार्यकाल समाप्त हुने तथा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघको अध्यक्ष बन्दै छन् । वरिष्ठ उपाध्यक्षका लागि भने वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित मैदानमा उत्रेका छन् । प्रधान प्यानलमा वस्तुगततर्फ अञ्जन श्रेष्ठ, एशोसिएटतर्पm सौरभ ज्योति र जिल्लानगरतर्पm दिनेश श्रेष्ठ र ढकाल प्यानलमा वस्तुगततर्फ उमेशलाल श्रेष्ठ, एशोसिएटतर्फरामचन्द्र संघाई र जिल्लानगरतर्फ गुणनिधि तिवारी चुनावमा उठ्दै छन् ।
चुनाव हुने मिति पक्का भएपछि ढकाल पक्षले असार अन्तिम साता आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेको छ । प्रधान प्यानलले भने सरकारले चुनावका लागि अनुमति दिएपछि मात्र आधिकारिक रूपमा प्यानल घोषणा गर्ने बताएको छ ।पदाधिकारी बैठकमा पूर्वअध्यक्षहरू पशुपति मुरारका, महेशलाल प्रधान, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, प्रदीपकुमार श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य र चण्डीराज ढकालको उपस्थिति रहेको थियो ।
यसअघि गतवर्ष चैत २८र२९ मा नै महासंघले साधारणसभा र चुनाव गर्ने निर्णय गरिएकोमा कोरोना संक्रमणकै कारण चैत पहिलो साता चुनाव स्थागित गर्ने निर्णय भएको थियो । बन्दाबन्दी खुकुलो भएपछि असार पहिलो साताको महासंघको कार्यसमिति बैठकले साउन २६र२७ मा महासंघको साधारणसभा गर्ने निर्णय गरेको थियो । अभियानडेलीबाट