मकवानपुर ल्याएर श्रीमतीको हत्या गरेका पुर्व डिआईजी रिहा भए
सर्वोच्च अदालतले सर्वश्वसहित जन्म कैदको फैसला सुनाइएका पूर्वडीआईजी रञ्जन कोइरालालाई कैद मिनाह गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले पत्नी ह’त्या गरी शवसमेत नष्ट गरेको अभियोगमा दोसी ठहरीएका कोइरालालाको बाँकी कैद मिनाह गरेको हो । डिल्लीबजार कारागारमा कैद भुक्तानी गरिरहेका उनी आज बिहान ११ बजेर ५० मिनेट जाँदा कारागार गेटबाट निस्कीएका छन् ।
कोइरालाको कैद मिनाह गर्ने केहीदिन अघि सर्वोच्चले निर्णय गरेको थियो । कोईरालाले २०६८ साल माघमा घरयासी विवादका कारण श्रीमतिकाे ह’त्या गरेका थिए । त्यसपछि शवलाई गाडीमा हालेर मकवानपुरको टिस्टुङस्थित मत्राङमा लगि जलाएर फर्किदै गर्दा पक्राउ परेका थिए । उनले सरकारी गाडी मै काठका दाउरा, डिजेल र सलाई लगेर जलाएका थिए ।
उनले शव जलाएको ठाउँमा प्रहरीले अनुगमन गर्दा शव पूर्ण रुपमा जलेको थिएन । र उनकी श्रीमतिले लगाउने गरेको चुरा फेला परेको थियो । जुन उनको आफन्तले सिंगापुरबाट ल्याइदिइएका थिए । त्यसपछि उनलाइ सर्वोच्चले सर्वस्वसहित जन्म कैदको सजाय सुनाएको थियो । तर उनलाई आधाभन्दा कम सजाय दिएर जेलमुक्त गरिएको छ । उनी तत्कालीन सशस्त्रका पूर्वडीआईजी हुन् ।