अभिनेता राजेश हमालका भाइ राकेशको निधन
जनपत्र
८ श्रावण २०७७, बिहीबार ०७:०८
काठमाण्डौ – अभिनेता राजेश हमालका भाइको निधन भएको छ ।
हमालका भाइ राकेशको भारतको नयाँ दिल्लीमा रहेको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो ।
केही समय अगाडि ह्याम्स अस्पतालमा नै राकेशको कलेजोको प्रत्यारोपण भएको थियो ।
राकेशको निधनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिएका छन् ।