बाढी पहिरो लक्षित छुट्टै बीमा पोलिसी ल्याइँदै

जनपत्र
८ श्रावण २०७७, बिहीबार ०५:५९

बीमा समितिले बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिलाई लक्षित गरेर छुट्टै बीमा पोलिसी बनाउने भएको छ । बाढी पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति हुन थालेपछि समितिले त्यसलाई आर्थिक सुरक्षण दिने उद्देश्यले बेग्लै बीमा पोलिसी बनाउने प्रक्रिया अघि बढाएको हो ।

हाल बीमांकीय विश्लेषण मार्फत त्यस्तो बीमाको व्यवसायमा हुने बीमाशुल्क दर लगायत विषयमा अध्ययन भइरहेको समितिले बताएको छ । बीमांकीय प्रक्रिया टुंगिएपछि बीमा पोलिसीको खाका जारी गरिने समितिको भनाइ छ । बाढी पहिरोबाट घर र मानिसमा हुने क्षतिलाई आर्थिक रूपमा रक्षावरण गर्नेगरी बीमा पोलिसी निर्माण गर्न लागिएको समितिले जानकारी दिएको छ ।

त्यसपछि बीमा कम्पनीहरूले उक्त बीमाको व्यवसाय गर्न सक्नेछन् । घर तथा अन्य सम्पत्तिको सम्पत्ति बीमा र आम मानिसको दुर्घटना बीमामार्फत एउटै प्याजेकमा बीमा गर्न सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*