चार महिनापछि सुरु भयो मापसे जाँच

जनपत्र
७ श्रावण २०७७, बुधबार १०:५४

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको मादक पदार्थ सेवन जाँच पुनः सुरु हुने भएको छ ।

बुधबारबाट नियमित रुपमा चाँज थालिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘सावधानी अपनाउँदै जाँच गर्छौं, मेसिनको प्रयोगलाई भने निरुत्साहित नै गर्छौं ।’ अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको दायरामा ल्याइने उनले बताए ।

महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो । त्यसवेलादेखि रोकिएका सचेतना कक्षा पनि अब सुरु हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*