हेटौंडामा “तपाईको माक्स खोई ?” भन्दै प्रहरी उत्रिए सडकमा

जनपत्र
६ श्रावण २०७७, मंगलवार १८:३०

हेटौंडा – मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित दिन प्रतीदिन थपिदै गएको छ । तर, संक्रमित थपिएता पनि मकवानपुरबासीहरुले साबधानी अपनाएको भने पाईदैन ।

यसै कुरालाई मध्येनजर गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा हेटौंडामा र्‍याली सहित जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । हेटौंडाको बुद्धचोकमा ब्यनर प्लेकार्ड सहित प्रहरीहरुले जनचोतना मुलक कार्यक्रम गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण मकवानपुरमा दिन प्रतिदिन थपिदै गएको अवस्थामा सामाजिक दुरी कायम गर्न, मास्क लगायत सुरक्षाका साधनहरु अनिवार्य अपनाउन आग्रह सहित सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता इन्द्र बहादुर रानाले जानकारी दिए । उनले नेपाल सरकारले कोरोनाको कारण समस्यामा परेको भन्दै लकडाउन खुकुलो बनाए पनि सर्बसाधारण नागरिकहरुले सुरक्षाका साधन प्रयोग गर्ने बिषयमा गम्भिर नभएको र स्वास्थ्य नै मानिस पहिलो धन भएकोले सुरक्षित भएर लाग्न आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कायालय परिसरबाट सामाजिक दुरी कायम राख्दै सुरू भएको र्‍याली राप्ती रोड हुँदै बुद्धचोकमा पुगि मास्क नलगाएकाहरूलाई मास्क वितरण गर्दै, “तपाईको माक्स खोई ?”, “अनिवार्य रूपमा मास्कको प्रयोग गरौं”, “अनावश्यक रूपमा भिडभाड नगरौं”, “सामाजिक दुरी कायम गरौं” , “कोरोना हटाउन आजै देखी सामुहिक रूपमा लागौं” भन्ने लेखिएको प्लेकार्ड सहित मकवानपुरमा कार्यररत प्रहरीहरुको बाक्लो उपस्थिती रहेको थियो । प्रहरखवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*