हेटौंडामा जमेको पानीमा डुबेर एक जनाको ज्यान गयो

जनपत्र
६ श्रावण २०७७, मंगलवार १८:२७

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंं. १७ को चुच्चुखोला स्थित खोल्चामा जमेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका स्थानिय ५८ बर्षिय राम तिमल्सीना रहेका छन् ।

छारे रोगले पिडित तिमल्सीना मंगलबार दिउँसो ०१ः५५ बजे एक्कसी छारे रोगको बेथाले च्याप्दा घर नजिकैको खोल्चामा जमेको पानीमा लड्न पुग्दा गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएको अवस्थामा स्थानियले देखेपछि उपचार लागि हेटौंडा अस्पताल ल्याउँदा डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता इन्द्र बहादुर रानाले जानकारी दिए ।

उनको शव अहिले परिक्षणको लागि हेटौंडा अस्पतालको शव गृहमा राखिएको र परिक्षण पश्चात शव आफन्तलाई जिम्मा लगाइने रानाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*