यी हुन् कोरोनामुक्त सात जिल्ला

जनपत्र
५ श्रावण २०७७, सोमबार १७:१४

काठमाण्डाै – नेपालमा सात वटा जिल्ला कोरोनामुक्त भएका छन् । भोजपुर, पाँचथर, धनकुटा, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङमा सक्रिय सङ्क्रमित नरहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार यी सात जिल्लामा एक पटक सङ्क्रमित भेटिए पनि अहिले सबै जना निको भएर घर फर्किएका छन् । यस्तै रौतहट, कैलाली र बाजुरामा पा्ँच सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् ।

सोमबार नेपालमा एक सय ८६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । मन्त्रालयकाअनुसार नेपालमा अब सङ्क्रमितको सङ्ख्या १७ हजार आठ सय ४४ पुगेको छ ।

सोमबार कोरोनामुक्त भएर एक सय ७३ जना घर फर्किएका छन् । याेसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या ११ हजार आठ सय ६८ पुगेकाे छ ।

अहिले देशभरका विभिन्न अस्पतालका आइसोलेशनमा पाँच हजार नाै सय ३६ सङ्क्रमितको उपचार भइरहेको छ । त्यस्तै देशभरका क्वरेण्टीनमा रहनेकाे सङ्ख्या २२ हजार दुई सय २८ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*