काठमाण्डौको कागेश्वरीमा पहिरोबाट एक जनाको ज्यान गयो
जनपत्र
५ श्रावण २०७७, सोमबार ११:१२

काठमाण्डौ – काठमाण्डौको कागेश्वरीमा पहिरोमा परेर एक जनाको ज्यान गएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका गागलफेदीमा हिजो बेलुका गएको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार बाटोमा हिँडिरहेका बेला पहिरो खसेर गुरुङको ज्यान गएको हो ।