चेपाङका घर हात्ती लगाएर भत्काइयो
चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–९ कुुसुमखोलास्थित सुकुमबासी बस्तीमा रहेका चेपाङ समुदायका घर शनिबार हात्ती लगाएर भत्काएको छ । आठ घर भत्काएको र दुई घरमा आगजनीसमेत गरेको पीडितहरूले बताएका छन् ।
बर्खाको समयमा निकुञ्जले आफूहरूको बिचल्ली बनाएको भन्दै पीडितहरूले आइतबार वडा कार्यालयमा गुनासो गरेका छन् । उनीहरू तीन घन्टा हिँडेर वडा कार्यालय पुगेका हुन् । चेपाङ बस्ती माडी सदरमुकाम वसन्तपुर बजारबाट २२ किलोमिटर टाढा छ । निकुञ्ज प्रशासनले बस्तीका अन्य परिवारलाई पनि एक हप्ताभित्र घर छोडेर जान धम्की दिएको माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीले बताए ।
निकुञ्जले भने मध्यवर्ती क्षेत्रमा अतिक्रमण गरी बनाइएका छाप्राहरू मात्र हटाएको बताएको छ । मान्छे बसेका घरहरूमा कुनै असर नपु(याएको वार्डेन नारायण रुपाखेतीको जिकिर छ । ‘यो बर्खामा कसैले मानिस बसेको घर भत्काउँछ रु कुसुमखोलाको अतिक्रमित टहरा भत्काइएको हो, हामीले पहिलेदेखि नै हटाउन भन्दै आएका थियौँ,’ उनले भने ।
चेपाङ समुदाय कुुसुमखोला क्षेत्रमा ०५३ देखि बस्दै आएका थिए । माडी नगरपालिकाका अनुसार धादिङ, मकवानपुरलगायत जिल्लाबाट आएका एक सय ६० परिवार त्यहाँ बसेका थिए । तर, ०७४ मा डुबानमा परेपछि अधिकांश परिवार बस्ती छोडेर माडीकै विभिन्न ठाउँमा बसाइँ सरेका थिए । १५ परिवार भने अहिले पनि कुुसुमखोलामै बसिरहेको वडाध्यक्ष सुवेदी बताए । नयाँपत्रिकाबाट