हेटौँडामा दुई महिलालाई कोरोना संक्रमण पुष्टि

जनपत्र
४ श्रावण २०७७, आईतवार २०:३५

हेटौंडाः हेटौँडा उपमहानगरपालिका कोरोना संक्रमितको संख्या थपिने क्रम जारी रहेको छ । यहि क्रममा आज दुईजनालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

हेटौंडास्थित प्रदेशस्तरीय कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा–५ की २० वर्षीया युवती र हेटौंडा–१४, की २६ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका ईन्चार्ज भोला चौलागाईले जानकारी दिए ।

कोरोना संक्रमण भएका दुईमध्ये हेटौँडा १६ कि महिलाको श्रीमान यस अघिनै कोरोना संक्रमित थिए । श्रीमाबाटै संक्रमण सरेको हुनसक्ने चौँलागाईले बतए । हेटौँडा ५ कि महिला भने विदेशबाट आएकी हुन् ।  दुबै संक्रमितलाई अहिले कोरोना आइसोलेसन वार्डमा ल्याईएको चौँलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*