नेकपा सचिवालय बैठक ३ बजे, बैठकअघि दुई अध्यक्षबीच भेटवार्ता हुने
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार अपराह्न ३ बजे बस्ने भएको छ ।
पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने उहाँले बताउनुभयो । नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर शनिबार सचिवालय बैठक बोलाएको हो ।
गएको असार १० गतेबाट जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक–पटक स्थगन हुँदै आएको छ ।
शुक्रबार डाँकिएको स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगन गरिएको छ ।
प्रचार विभाग उपप्रमुख थापाले सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने बताउनुभयो ।