केही सडकखण्ड अझै अवरुद्ध

जनपत्र
२ श्रावण २०७७, शुक्रबार ०७:४७

काठमाण्डाै – लगातार ठूलो पानी पर्न कम भए पनि केही सडकखण्ड अझै सञ्चालनमा आउन सकेका छैनन् ।

अरनिको राजमार्ग अन्तर्गत ३ वटा सडकखण्ड अझै अवरुद्ध नै छन् । भोटेकोशी खोलाले कटान गरेका कारण खुर्सानीबारी सडकखण्ड, पहिरोका कारण खग्दोल पुलमा क्षति पुगेकाले खग्दाल सडकखण्ड र विभिन्न ठाउँमा भासिएका कारण सिरिसे सडकखण्ड अझै अवरुद्ध छ ।

खग्दोल र खुर्सानीबारी सडकखण्ड १ हप्तादेखि अवरुद्ध भएका हुन् भने खग्दाल सडकअण्ड अस्तिदेखि अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । यही राजमार्ग अन्तर्गत लामोसाँघु बाह्रबिसे सडकखण्ड भने एकतर्फी रुपमा सञ्चालनमा आएको छ । यस्तै अछामको साँफेबगर–मार्तडी सडक एक हप्तादेखि सञ्चालनमा आएको छैन ।

यो सडकखण्ड सञ्चालनमा आउन अझै २÷३ दिन लाग्न सक्ने विभागले जनाएको छ । यस्तै काठमाण्डौ सिस्नेरी हुँदै हेटौँडा जाने सडकखण्ड र काठमाण्डौ फाखेल हुँदै हेटौँडा जाने सडकखण्ड पनि अझै सञ्चालनमा आउन सकेको छैन । यो सडकखण्ड खुलाउने प्रयास भने भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*