सिन्धुपाल्चोक : पहिरोमा पुरिएकामध्ये २ जनाको शव भेटियो

जनपत्र
१ श्रावण २०७७, बिहीबार १५:४४

सिन्धुपाल्चोक – भोटेकोशी गाउँपालिका ४ मा पहिरोमा परि हराइरहेका एकै परिवारका पाँच जनामध्ये आमा र छोरीको शव भेटिएको छ ।

आमा निमा स्याङ्बु शेर्पा र छोरी याङ्जी शेर्पाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।  पहिरोमा हराइरहेका छिरिङ्वागु शेर्पा, सुमबुट्टी शेर्पा र सेमङ शेर्पा अझै भेटिएका छैनन् ।

उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयकाे सहयोगमा खोजी भइरहेको गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पा लामाले जानकारी दिनुभयो ।

पहिरोले ग्याल्जेन शेर्पा र नोर्सङ्ग शेर्पाको घर पुरेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । पहिरोले फुल्पिङकट्टीको पञ्चकन्या स्कुलमा पनि क्षति गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*