मेलम्चीमा बेपत्ताको खोजीमा परिचालित डुंगा पल्टियो, सबैको सकुशल उद्धार

जनपत्र
१ श्रावण २०७७, बिहीबार १२:४५

काठमाण्डाै – मेलम्ची खानेपानी आयोजनाको सुरुङ फुट्दा बेपत्ता भएकाको खोजीमा गएको गोताखोरको डुंगा पल्टिएको छ ।

आज बिहान इन्द्रावतीमा हराइरहेकाको खोजी गर्ने क्रममा सशस्त्रका प्रहरी निरीक्षकसहित ७ जना रहेको डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिनुभयो । उनीहरु सबैको सकुशुल उद्धार गरिएको छ ।

मेलम्ची खानेपानी आयोजनाकोे सुरुङ परीक्षणका क्रममा अस्ति एक्कासी गेट खुल्दा इञ्जिनियर सतिश गोहित र चालक राधाकृष्ण थापामगर सम्पर्कबिहीन भएकामा गोहितको शव हिजो भेटिएको थियो ।

थापामगरको अवस्था भने अझै थाहा हुन सकेको छैन । अहिले पनि उहाँको खोजी चलिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*