मेलम्चीकाे सुरुङमा बेपत्ता इन्जिनियरकाे शव भेटियाे

जनपत्र
१ श्रावण २०७७, बिहीबार ०७:०४

सिन्धुपाल्चाेक – मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छाडिएको पानीले बगाएर बेपत्ता भएका दुई जनामध्ये एक जनाकाे शव भेटिएकाे छ ।

बेपत्ता भएकामध्ये २५ वर्षीय इन्जिनियर सतीश गोहितको शव फेला परेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । मेलम्ची नगरपालिका ११ काे पाल्चोकी क्रसर नजिकै उनको शव भेटिएको र उनको शव परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बेपत्ता भएका चालक राधाकृष्ण थापामगरको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

मङ्गलबार सुरुङ निरीक्षण गरेर फर्कने क्रममा सुरुङको गेट भत्किएर आयोजनाका इन्जिनियर गोइत र चालक थापामगर मेलम्ची नदीमा बेपत्ता भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*