मकवानपुरको मनहरीका तीन जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडाको प्रयोगशालामा स्वाब परिक्षणका क्रममा तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मनहरि रमणटारको क्वारेन्टाइनमा रहेका १३ जना मध्ये ३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको हेटौंडाको कर्रामा रहेको आइसोलेसनका इन्चार्ज तथा जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । हिजो लिएको स्वाब संकलन गरिएकोमा आजै संक्रमण पुष्टि भएको उहाँले वताउनुभयो ।
मनहरि गाउपालिकाका वडा नंम्बर ३,६,७ का २९, ३३ र ४२ बर्षका पुरुषहरुमा कोरोना देखिएको हो । खाडि मुलुकबाट आएका युवाहरु ८ दिन अघि नेपाल आएका हुन । आजै उनिहरुलाई कर्रा आईसोलेसन वार्डमा ल्याइएको छ । मकवानपुरमा अहिलेसम्म मनहरिमा सबैभन्दा बढि १० जनालाई संक्रमण भएको र सात जना डिस्चार्ज भई सकेका छन ।