पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष अधिकारीका पिताको निधनमा दुःख व्यक्त

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर साखाका उपाध्यक्ष कुमार अधिकारी, कार्यसमितिका सदस्य सरला अधिकारी, महासंघका पार्सद दीपक अधिकारी र उद्धव अधिकारीका पीताको निधनमा शोक व्यक्त गरिएको छ ।
अधिकारीका बुबा गोपालप्रसाद अधिकारीको उपचारका क्रममा काठमाण्डौमा दुः खद मृत्यु भएकोमा नेपाल पत्रकार महासंघ मकवानपुर साखाले आज विज्ञप्ती जारी गर्दै शोक सन्तव्द परिवारमा समवेदना समेत व्यक्त गरेको छ ।
महासंघ मकवानपुर साखाका सचिव गणेश दर्पण अधिकारीले आज शोक वक्त्तव्य जारी गर्दै ७२ बर्षीय अधिकारीको निधनमा दुःख व्यक्त गरेको हो ।
टाउको सम्बन्धी रोगबाट पीडित रहेका उहाँको आज साँझ काठमाडौँ महाराजगन्जमा रहेको त्रिवी शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको परिवारजनले जानकारी दिएका छन् ।अधिकारीको तीन छोरा, दूई छोरी र श्रीमति रहेका छन् । मकवानपुरका पत्रकारले सामाजिक सञ्जाल मार्फत अधिकारीको परिवारप्रति समावेदना व्यक्त गरेका छन् ।