हेटौंडाकी सुस्मिता हत्याकाण्डमा संलग्न भएको आरोपमा चारजना पुर्पक्षका लागि थुनामा राक्न आदेश
हेटौंडा। जिल्ला अदालत मकवानपुरले सुस्मिता हत्याकाण्डका अभियुक्त ४ जनालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको छ । बुधबार जिल्ला अदालत मकवानपुरका न्यायाधीस सिता शर्मा अधिकारीको एकल इजलासले सुस्मिताको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
मंगलबार थुनछेक बहस सकिएको भएपनि आज आदेश आएको हो । हत्या अभियोगमा पक्राउ परेका सुस्मिताका ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्षीया सीता थापा, सासु ५० बर्षीया तुलसा कुमारी थापालाई अर्की नन्द २७ बर्षीया दुर्गा थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले बताएका छन।
गत आइतबार सरकारी वकिलको कार्यालयबाट हत्यामा संलग्न रहेको भन्दै पाँचजना बिरुद्ध अभियोगपत्र दायर भएको थियो । अभियोगपत्रमा ससुरा प्रकाश र नन्द सितालाई आजिवन कैद, ज्वाई अरुण र अर्की छोरी दुर्गालाई २५ वर्ष कैद तथा सासु तुलसालाई साढे १२ वर्ष कैदको माग गर्दै अभियोगपत्र दायर भएको थियो ।
मकवानपुर जिल्ला अदालतले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ सूर्यचोककी सुस्मिता केसी थापाको हत्यारामध्ये एक जनालाई भीमफेदी कारागार र तीन जनालाई चितवनको भरतपुर कारागार पठाउने जनाएको छ ।
अदालतका अनुसार, सुस्मिताको ससुरा प्रकाश थापालाई भीमफेदी कारागार र सासु तुलसा कुमारी थापा, नन्दहरु सीता थापा र दुर्गा थापा कार्कीलाई भरतपुर कारागार पठाउने भएको हो ।
बुधवार जिल्ला न्यायधीश सीता शर्मा अधिकारीको एकल इजालशले सुस्मिता केसी थापाको आफ्नै सुसरा प्रकाश, सासु तुलसा, नन्द सीता थापा र दुर्गा थापा कार्कीलाई पूर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएसँगै उनीहरुलाई कारागार पठाउने भएको हो ।
उक्त अदालतले सुस्मिताको नन्द दुर्गा थापा कार्कीको श्रीमान अरुण कार्कीलाई पक्राउ गर्न पक्राउ पुँजी जारी गर्ने भएको छ । यस घटनामा अरुण पनि संलग्न रहेको र उनी हाल फरार रहेका कारण मकवानपुर जिल्ला अदालतले पक्राउ पुँजी जारी गर्ने भएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।