नेपाल ग्यासद्वारा प्रयोग गर्न नमिल्ने ३५ सय सिलिण्डर नष्ट

जनपत्र
३० असार २०७७, मंगलवार २०:११

हेटौंडा । धनुषाको मिथिला नगरपालिका वडा नं ९ बडहरीमा रहेको नेपाल ग्यास उधोग (नारायणी) प्रालिले पुनः प्रयोग गर्न नमिल्ने ३ हजार ५ सय थान ग्यास सिलिण्डर नष्ट गरेको छ ।

मंगलबार नेपाल ग्यास उधोग बडहरीका कार्यालय प्रबन्ध जीवन छत्कुलीले उपभोक्ताहरुको सुरक्षालाई दृष्टिगत गरी पुराना तथा प्रयोग गर्न नमिल्ने ३ हजार ५ सय थान ग्यास सिलिण्डर नष्ट गरेको बताए । उनले उधोगले बर्षेनी त्यस्ता ग्यास सिलिण्डर नष्ट गर्दै आएको बताउँदै उपभोक्ताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको जनाए ।

बिगत ३३ बर्षदेखि निरन्तररुपमा उपभोक्ताहरुलाई सेवा पु¥याउँदै आएको यस उधोगले उपभोक्ताहरुको सुरक्षालाई दृष्टिगत गरी गुणस्तरीय सिलिण्डर प्रयोगमा जोड दिदै आएको छ । हाइड्रो टेस्ट विधिबाट सिलिण्डर प्रयोग गर्न मिल्ने वा नमिल्ने छुट्याइन्छ । हाइड्रो टेस्टमा गुणस्तरीय नठहरिएका सिलिण्डरहरु छनौट गरी नष्ट आएको छौं, ‘कार्यालय प्रमुख छत्कुलीले भने ।’

कार्यालय प्रमुख छत्कुलीले भविष्य प्रयोगमा ल्याउन निमिल्ने सिलिण्डरहरु नष्ट गर्ने कार्यलाई निरन्तरता दिदै सुरक्षित सेवा प्रदान गर्ने तर्फ उधोग प्रतिवद्ध रहेको जानकारी दिए । सिलिण्डर नष्ट गर्ने समयमा मिथिला नगरपालिका वडा नं। ९ का वडा अध्यक्ष दीपक थापा, गुणस्तर तथा नापतौल कार्यालय जनकपुरका प्रतिनिधि सुशान्त चौधरी, नेपाल ग्यास बिक्रेता महासंधका सल्लाहकार मनोज झा, उपभोक्ता हित संरक्षण नेपालका सचिव धिरज अधिकारी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*